काठमाडौं: साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन्। नेपाल स्टक एक्सचेन्ज (NEPSE) परिसूचक अघिल्लो दिनको तुलनामा २७.५९ अंक घटेर २६१४ अंकमा कायम भएको छ।
कारोबार रकम पनि घटेको छ। यसअघि गत मंगलबार ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ६ अर्ब ६९ करोड रुपैयाँमा खुम्चिएको छ।
३४ कम्पनीको शेयर मूल्य बढ्दा २२० कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचक सबै घटेका छन्। बैंकिङ ०.५२, विकास बैंक १.४१, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०९, जलविद्युत् १.८१, लगानी ०.९४, जीवन बीमा ०.७३, उत्पादन तथा प्रशोधन १.०२, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४२, अन्य ०.८५ र व्यापार समूह ३.५९ प्रतिशतले घटेका छन्।
आज मूल्य सबैभन्दा बढी बढ्ने कम्पनीहरूमा साल्पा विकास बैंक (१०%), रिलायन्स स्पिनिङ मिल्स (९.२६%), कालिका लघुवित्त वित्तीय संस्था (५.१७%), मञ्जुश्री फाइनान्स (४.४२%) र सुपर मादी हाइड्रोपावर (४.१६%) रहेका छन्।
त्यस्तै मूल्य सबैभन्दा धेरै घट्ने कम्पनीहरूमा बुद्धभूमि नेपाल हाइड्रोपावर (८.९२%), रिडी पावर (८.३३%), अरुणखोला जलविद्युत् कम्पनी (८.२८%), नारायणी डेभलपमेन्ट बैंक (६.९१%) र सागर डिस्टिलरी (६.२३%) रहेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा आँखुखोला जलविद्युत्, एसवाई प्यानल, ङादी ग्रुप पावर र राधि विद्युत् कम्पनी अग्रस्थानमा रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया