113
Shares
काठमाडौं: आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ३७५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ।
यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया