कराँचीको गुल प्लाजा आगलागीमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ

168 Shares

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीको गुल प्लाजा सपिङ मलमा लागेको आगलागीमा मृत्यु हुनेको संख्या ६७ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्।

मुख्य प्रहरी सर्जन सुमैय्या सैयद तारिकका अनुसार घटनाको पाँचौँ दिनसम्म सबै ६७ शवको पोस्ट–मार्टम र पहिचान प्रक्रिया पूरा गरिएको छ।

  • ६ जनाको पहिचान अनुहारको आधारमा

  • १ जनाको परिचयपत्र वा आंशिक अनुहारको आधारमा

  • ८ जनाको डीएनए परीक्षणमार्फत गरिएको हो।

सिन्ध स्वास्थ्य विभागका प्रवक्ताले सबै ६७ पीडितको शव परीक्षण सम्पन्न भएको पुष्टि गरेका छन्।

रेस्क्यु ११२२ का प्रवक्ता हसानुल हसिब खानका अनुसार शहरी खोज तथा उद्धार टोलीले भग्नावशेषमुनि दबिएका पीडितहरू फेला पार्न थर्मल इमेजिङ क्यामेरा, लोकेटर जस्ता अत्याधुनिक उपकरणहरू प्रयोग गरिरहेका छन्।

खानले बताए अनुसार क्यामेराले १,२०० डिग्री सेल्सियससम्मको तापक्रम पत्ता लगाएका थिए, यद्यपि सपिङ मल भित्रको वास्तविक तापक्रम त्योभन्दा पनि उच्च रहेकाले पीडितहरूको अवशेषको अवस्था प्रभावित भएको थियो। विगत तीन दिनदेखि भवनलाई चिस्याउने (कुलिङ) कार्य जारी रहेको उनले जानकारी दिएका छन्।