त्रिविमा ‘हाजिर मात्रै’ गर्ने शिक्षकको अन्त्य, अनुसन्धानलाई क्रियाशील बनाइने

101 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले त्रिविमा हाजिर मात्र गरेर जागिर खाने अवस्थाको अन्त्य गरिने बताएका छन्।

त्रिभुवन विश्वविद्यालय **शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)**को ४९औं वार्षिकोत्सवमा बोल्दै प्रा. केसीले अनुसन्धान तथा अनुगमन निर्देशनालय लगायतका अन्य अनुसन्धान केन्द्रहरू हाजिर मात्रै रहने निकायको रूपमा रहिआएको वर्तमान परिस्थितिको अन्त्य हुने जानकारी दिए। उनले स्पष्ट पार्दै भने,

“म अनुसन्धान केन्द्रको विघटनको पक्षमा छैन। अनुसन्धानमा संलग्न नहुने शिक्षकहरूको नाम पठाउनुहोस्, तुरुन्तै सरुवा गर्छौं।”

त्यसैगरी, सेरिडका कार्यकारी निर्देशक डा. राजेन्द्र कुँवरले सेरिडलाई थप व्यवस्थित र क्रियाशील बनाइरहेको जानकारी दिए। उनले थपे कि हाल छ वटा विभिन्न अनुसन्धान परियोजना सञ्चालनमा रहेका छन्।

प्रा. केसीको पहलअनुसार त्रिविमा अनुसन्धानलाई अझ प्रभावकारी, जिम्मेवार र क्रियाशील बनाउने प्रयास जारी रहनेछ।