काठमाडौं । पुसको अन्तिम दिन बुधबार सेयर बजार १.५२ अंकले बढेको छ । उक्त वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६ सय ४१ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव भने सामान्य रह्यो ।
कारोबार रकममा भने केही गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको हो ।
यस दिन १२५ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । फाइनान्स समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त समूह सबैभन्दा धेरै २.५५ प्रतिशतले बढ्यो । मूल्य धेरै बढेका कम्पनीहरूमा पनि फाइनान्स समूहकै वर्चस्व रह्यो ।
त्यसैगरी विकास बैंक ०.०१, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.०७, लगानी ०.११, निर्जीवन बीमा ०.३८ र व्यापार समूह ०.६७ प्रतिशतले बढे ।
बैंकिङ ०.०८, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१, माइक्रोफाइनान्स ०.०५ तथा अन्य समूह ०.१३ प्रतिशतले घटे ।
यस दिन सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले बढ्यो । थ्रीस्टार हाइड्रोपावर ८.२३, एनएमबी माइक्रोफाइनान्स ७.३४, गुडविल फाइनान्स ५.७३, मल्टिपर्पस फाइनान्स ४.८१ र मञ्जुश्री फाइनान्सको सेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ ।
मकर जितुमाया सुरीको सेयर मूल्य २.५ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा राधि विद्युत्, युनियन हाइड्रोपावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स र दोर्दीखोला जलविद्युत् शीर्ष स्थानमा रहे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया