147
Shares
एजेन्सी । थाइल्यान्डको राजधानी बैंककमा गुडिरहेको रेलमाथि निर्माण कार्यमा प्रयोग गरिएको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार बुधबार बिहान रेलको डिब्बामाथि क्रेन खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ७९ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया