काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार बढिरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि मंगलबार पनि सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला १ हजार ५ सय रुपैयाँले बढी हो ।
त्यसैगरी बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया