विप्लव समूहका नेता सन्तोष सुवेदी नेकपामा प्रवेश, १० वर्षपछि पुरानै पार्टीमा फिर्ता

71 Shares

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) का नेता सन्तोष सुवेदी (प्रयास) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

सन्तोष नेकपाका नेता झक्कु सुवेदीका छोरा हुन्। २०७२ सालमा विप्लव समूहमा प्रवेश गरेका सुवेदी १० वर्षपछि पुनः पुरानै पार्टीमा फर्किएका हुन्। छोरा सन्तोष लामो समयपछि पार्टीमा फर्किएको नेता झक्कु सुवेदीले जानकारी दिनुभयो।

सुवेदीलाई पार्टीमा पुनः स्वागत गर्दै नेकपाका संयोजक प्रचण्ड, वरिष्ठ नेता वर्षमान पुन, झक्कु सुवेदीलगायत नेताहरूले ‘घर फर्किएको’ भन्दै स्वागत गरेका छन्।

सन्तोष सुवेदी १० वर्षअघि तत्कालीन एमाओवादीको काठमाडौं क्षेत्र नम्बर–४ का इन्चार्ज थिए। विप्लव नेतृत्वको पार्टीमा रहँदा उनी पक्राउ समेत परेका थिए।