98
Shares
काठमाडौं । सुन र चाँदीको मूल्य निरन्तर बढ्दै जाँदा मंगलबार फेरि नयाँ रेकर्ड कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँले बढी हो। अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ। चाँदी अघिल्लो दिनको तुलनामा १ सय ४५ रुपैयाँले महँगिएको हो। हिजो प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया