168
Shares
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य नयाँ उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रूपैयाँमा कारोबार भएको छ। यो मूल्य अघिल्लो रेकर्ड भन्दा प्रतितोला ४ हजार १ सय रूपैयाँ बढी हो। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि नयाँ उच्च विन्दुमा पुगेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्य ४ हजार ९ सय ९० रूपैयाँको तुलनामा प्रतितोला २ सय ५ रूपैयाँ बढी हो।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रतिऔंस ४,५६८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया