सुनको भाउ २ लाख ७० हजार नाघ्यो, चाँदीले नयाँ रेकर्ड

170 Shares

काठमाडौँ । सुनको भाउ फेरि प्रतितोला २ लाख ७० हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार ८ सय रुपैयाँले बढी हो । यसअघि पुस १३ गते पनि यही मूल्यमा सुनको कारोबार भएको थियो, जसलाई उच्च मूल्यको रूपमा हेरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला २१० रुपैयाँले बढेर ४ हजार ९९० रुपैयाँमा पुगेको छ, अघिल्लो दिन ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।