नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो

125 Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो । शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने घटेको छ । बिहीबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबारको तुलनामा प्रतितोला ५५ रुपैयाँले कम हो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार ४ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।