155
Shares
काठमाडौं । बिहीबार सुन र चाँदीको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँमा पुगेको थियो।
त्यस्तै, चाँदीको भाउ प्रतितोला ४ हजार ८३५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया