काठमाडौं । पछिल्ला दुई दिन उकालो लागेको शेयर बजार बुधबार पुनः दोहोरो अंकले ओरालो लागेको छ।
उतार–चढावबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २ हजार ६ सय ३५ विन्दुमा कायम भएको छ। वित्त र व्यापार समूह सामान्य अंकले मात्र रातो रहे पनि बाँकी सबै समूह ओरालो लागेका छन्।
होटल तथा उत्पादनमूलक समूहमा १ प्रतिशतभन्दा बढी गिरावट आएको छ भने अन्य समूहहरू सामान्य दरले ऋणात्मक रहे। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
यसदिन नेप्सेमा सूचीकृत ३ सय २३ कम्पनीका करिब १ करोड कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबार भएका स्टकमध्ये १ सय ८७ कम्पनीको शेयर मूल्य घट्दा ६२ कम्पनीको मात्रै मूल्य बढेको छ। कारोबार रकमका आधारमा यसदिन पनि एसवाई प्यानल शीर्ष स्थानमा रहँदै करिब २७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको एक्सचेन्जले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया