काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि विभिन्न कम्पनीहरूले धमाधम प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न थालेका छन्। हाल ८ कम्पनीले सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गर्न बाँकी छ।
स्वीकृति पाएका कम्पनीहरू हुन्— पाल्पा सिमेन्ट, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, शिखर पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावर।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार विवरणपत्र स्वीकृत भएको मितिबाट दुई महिनाभित्र सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्नुपर्छ।
प्रमुख आईपीओ कार्यक्रमहरू यसप्रकार रहेका छन्—
सोलु हाइड्रोपावर
सर्वसाधारणका लागि खुल्ने मिति : पुस २९
निष्कासन सेयर : ८२ लाख कित्ता
आयोजना : ८२ मेगावाट तल्लो सोलु जलविद्युत्
प्रतिमेगावाट लागत : १९ करोड ८८ लाख रुपैयाँ
नेटवर्थ प्रति शेयर : १३७.५३ रुपैयाँ
आम्दानी प्रति शेयर : ४.४५ रुपैयाँ
सुपर खुदी हाइड्रोपावर
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका लागि खुला
जारी पूँजीको २०% सेयर सर्वसाधारणमा
आयोजना : २६ मेगावाट माथिल्लो खुदी जलविद्युत्
प्रतिमेगावाट लागत : २० करोड ६९ लाख ३८ हजार रुपैयाँ
प्रति शेयर आम्दानी : ४.४५ रुपैयाँ
पाल्पा सिमेन्ट इन्डस्ट्रिज
पहिलो चरण : असोज २५, स्थानीय र वैदेशिक रोजगारमा रहेका लागि
कुल जारी पूँजी : ३ अर्ब ७५ करोड, २०% अर्थात ७५ लाख कित्ता सर्वसाधारणमा
प्रतिसेयर नेटवर्थ : १३५.७४ रुपैयाँ
सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक
कुल जारी पूँजी : ६८.९६ करोड, २०% अर्थात १३ लाख ७९ हजार ३५० कित्ता
आयोजना : माथिल्लो तादी खोला जलविद्युत्, नुवाकोट
नेटवर्थ प्रति शेयर : ९४.७७ रुपैयाँ
रेटिङ : बीबी माइनस
भुजुङ हाइड्रोपावर
कुल जारी पूँजी : १ अर्ब, २०% अर्थात २० करोड
आयोजना : ७.५ मेगावाट माथिल्लो मिदिम जलविद्युत्, लमजुङ
प्रतिमेगावाट लागत : २४.९० करोड
साधारण लगानी फिर्ता अवधि : ९.६५ वर्ष
रेटिङ : बी प्लस
होटल फरेस्ट इन
कुल जारी पूँजी : २ अर्ब, २०% अर्थात ४० लाख कित्ता
बाँकी ८०% संस्थापक समूहको
रेटिङ : बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल
शिखर पावर डेभलपमेन्ट
कुल जारी पूँजी : ९८ करोड, ३२.६५% अर्थात ३२ लाख कित्ता
आयोजना : ४.९६ मेगावाट भीमखोला स्मल हाइड्रोपावर
नेटवर्थ प्रति शेयर : ९१.१३ रुपैयाँ
आम्दानी प्रति शेयर ऋणात्मक
रेटिङ : बीबी
रिजलाइन इनर्जी
कुल जारी पूँजी : १ अर्ब १८.५० करोड, २०% अर्थात १३ लाख ७९ हजार कित्ता
आयोजना : ९ मेगावाट सुपर चेपे जलविद्युत्, गोरखा
बाँकी ८०% संस्थापक समूहको
धितोपत्र बोर्डको स्वीकृति पाएपछि यी कम्पनीहरूले पालैपालो आईपीओ निष्कासन गर्दै सर्वसाधारणलाई लगानीको अवसर उपलब्ध गराउने तयारीमा छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया