काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य उकालो लागेको छ।
सोमबार प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार थप ३ हजार १ सय रुपैयाँले बढ्दै दुई दिनमै प्रतितोला ७ हजार ७ सय रुपैयाँले महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ९५ रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ४ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया