सोमबार नेप्से २८.७३ अंकले उकालो, कारोबार रकम ६ अर्ब नाघ्यो

162 Shares

काठमाडाैं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। नेप्से २८.७३ अंकले वृद्धि भई २६३९.३७ विन्दुमा बन्द भएको हो।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब १ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

सोमबार ३३५ वटा धितोपत्रको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये २१४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ। आठ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा बन्दीपुर केबलकार दोस्रो स्थानमा रहेको छ। उक्त कम्पनीको ८९८ रुपैयाँ ७० पैसामा २० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

यसदिन कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो।