काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताएका छन् ।
शुक्रवार बोर्डमा सिनेमा क्षेत्रहरुमा कम्तिमा २० वर्ष काम गर्नुभएका चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बोर्डले चलचित्रकर्मीहरुका लागि २० वर्ष काम गर्नेहरुलाई ७५ हजार र ३० वर्ष काम गर्नेहरुलाई एक लाखको जीवन बीमा गर्ने निर्णय भएअनुसार काम अघि बढाइरहेको बताए ।
उनले बिरामी भइ उपचार गराएपछि चिकित्सकको हस्ताक्षरसहित ३५ दिनभित्रमा औषधिको बिल लिएर इन्स्योरेन्स कार्यालयमा जानुपर्ने भएकाले ३० दिनभित्र बोर्डमा आइसक्न पनि आग्रह गरे । अन्य प्रकारका कार्यक्रमहरुको रकमलाई कटौति गरेर भएपनि त्यस काममा आफूहरु लागेको बताए ।
उनले आफू बोर्डमा आएपछि चलचित्रकर्मीहरुका हक हितलाई ध्यानमा राखेर काम गरिरहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया