काठमाडौं । बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीहरू निस्कन पाउनु पर्ने माग राख्दै आगजनी र तोडफोडमा उत्रिएका छन् ।
जसले जेलको स्थिति तनावग्रस्त भएको छ ।
कैदीले जेलको भित्री गेटमा आगो लगाएको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मी बताएका छन् ।
उनका अनुसार अहिले कारागारको भित्री गेटमा आगो लगाइएको छ । कैदीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ ।
कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् ।
आगजनी पश्चात कैदीहरू बाहिर निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ । अहिले जेल नेपाली सेनाको घेरामा छ ।
हिजो मात्रै यहाँको नौवस्तास्थित बालसुधार केन्द्रमा झडप हुँदा ५ जनाको मृत्यु भएका थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया