काठमाडौं । नेपाल चिया उत्पादक सघं र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक बढाउने सहमति भएको छ ।
नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि संगठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक बढाउने सहमति भएको बताएका छन् ।
नयाँ सहमतिअनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम पाँच सय ६५ रुपैयाँ पारिश्रमिक पाउनेछन् भने मासिकतर्फ न्यूनतम १५ हजार छ सय ९९ रुपैयाँ पाउने भएका छन् ।
हरेक दुई वर्षमा पारिश्रमिक बढाउने पुरानो सहमति अनुरूप भएको वार्ताबाट दुवै पक्ष पारिश्रमिक बढाउन सहमत भएका हुन् ।
यसअघि मजदुरले दैनिक पारिश्रमिकतर्फ पाँच सय रुपैयाँ र मासिक पारिश्रमिकतर्फ १३ हजार आठ सय ९३ रुपैयाँ पाउँदै आएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया