सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै

206 Shares

काठमाडौं । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै राखेको छ । 

सुनको भाउ आज छ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

महासघंका अनुसार हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो भने अस्ति पनि सुन तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँ कायम गरी कीर्तिमान कायम गरेको थियो । 

चाँदीको भाउले पनि आज कीर्तिमान कायम राखेको छ । चाँदी आज तोलाको १५ रुपैयाँले बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको महासघंले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय ७० रुपैयाँ थियो ।