रुख ढलेर लाग्दा सिन्धुलीमा दुई जनाको ज्यान गयो

273 Shares

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढलेर लाग्दा दुई जनाको ज्यान गएको छ । यस्तै तीन जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो पानी परिरहेको अवस्थामा पहिरोले सालको रुख टहरामा खसेको थियो। टहरामा ओत लागेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीय शान्ता गोलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।रासस