सवारी  चालक अनुमतिपत्रको अवधि अब १० वर्षसम्म कायम रहने

324 Shares

काठमाडौं ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ। 

केही नेपाल ऐन संशोधनले सवारी चालक अनुमतिपत्र दिइएको मितिले १० वर्षसम्म कायम हुने व्यवस्था गरेको हो ।

यसअघि ५ वर्षसम्म मात्रै म्याद कायम रहने व्यवस्था थियो । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो। ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ।

laicen.jpg

यस्तै जाँचपाँसको प्रमाणपत्रको अवधि नयाँ सवारी दर्ता भएको मितिले पाँच वर्षसम्मका लागि एक वर्षसम्म र त्यो बाहेकका सवारीको हकमा भने ६ महिनासम्म रहने व्यवस्था गरिएको छ।