यथार्थपरक भएर जनताको हित हुने गरी संविधान संशोधन हुनुपर्छः सांसद सिटौला

308 Shares

काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले जनताको हितअनुसार संविधान संशोधन हुँदै जाने बताउनु भयो । अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने बताउनु भयो । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने बताउनु भयो । 

संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा काँग्रेस र वर्तमान सरकार गम्भीर रहेको बताउनु भयो । सांसद सिटौलाले मधेस प्रदेश अहिले सुख्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।