जनपक्षीय शिक्षा ऐनको मागसहित अखिल क्रान्तिकारीको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

368 Shares

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले सोमबार विहान माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। आन्दोलनरत विद्यार्थीलाई पक्राउ गर्न थालेपछि विद्यार्थी–प्रहरीबीच तनाव बढेको हो। 

प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ । माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गर्ने अखिल क्रान्तिकारीको योजना भएपनि माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन शुरु गरेपछि अन्यले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । विद्यालय पोशाकमै विद्यार्थीलाई आन्दोलनमा सहभागी गराइएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।