तीन दशकयता पार्टीबाट सरकारमा गएका सबैको सम्पत्ती छानविन गर्न आयोग गठन गरौँः महामन्त्री थापा

376 Shares

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पत्ती छानविन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रश्ताव राख्नुभएको छ। 

आइतबार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रश्ताव पार्टीको बैठकबाट पारित गर्न प्रश्ताव राख्नुभएको हो । भ्रष्टाचार र अनियमितताविरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जीको भरोसा जित्न नसकिने उहाँको भनाइ छ। 

उहाँले कनैपनि दलप्रति पूर्वाग्रही नभएको  व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पत्ती छानविन गर्ने अधिकार दिनुपर्ने बताउनु भयो । उहाँले छानविनका क्रममा जजसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गर्नसक्ने मात्र जेन–जी पुस्ताले आफूहरुका कुरा सुन्ने जिकिर गर्नुभयो । उहाँले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेकोसमेत उल्लेख गर्नुभयो । 

विगतमा देशका लागि लडेकै आधारमा अब नेताहरुलाई परिवारको लागि कमाउ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको उहाँको जिकिर छ ।