कोशी प्रदेशकाे बजेट  ३५ अर्ब ८७ करोड ९९ लाख

278 Shares

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट ल्याएकाे छ । 

जसमा सडक पूर्वाधारका लागि १० अर्ब ५७ करोड ५१ लाख छुट्याइएको छ। बजेटमा सडक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता दिँदै सबैभन्दा ठूलो रकम विनियोजन गरिएको हाे। 

आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले प्रस्तुत गरेको बजेटमा ऊर्जा, सिँचाइ, खानेपानी तथा सरसफाई क्षेत्रका लागि ४ अर्ब ७३ करोड ३० लाख रहेको छ। 

स्वास्थ्य सेवाको विस्तारका लागि ३ अर्ब ५१ करोड ७१ लाख, पर्यटन, वन तथा वातावरणका लागि २ अर्ब ९७ करोड ६६ लाख, र कृषि, उद्योग तथा सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरिएको छ।