मण्डनदेउपुरमा  जब सुकेको रुख कटहरको बोटमा चट्याङ पर्यो.....(भिडियाेसहित)

752 Shares

ज्वानेटार । काभ्रेको मण्डनदेउपुर नगरपालिका १० स्थित थुम्कीमा रहेको एउटा सुकेको रुखकटहरको बोटमा बिहीबार राति चट्याङ परेपछि रुखमा लागेको आगोले त्यसभेगमा शुक्रबार दिनभरि त्रास फैलियो । 

रुखमा आगो (5).jpg

एकातिर वन जंगल नजिकै र सँगै बस्ती भएकाले आगो फैलिने त्रासमा स्थानीयले दिनभरि आगो निभाउने प्रयास गरे पनि सफल नभएपछि पाँचखालमा रहेको सशस्त्र प्रहरीको टोली बोलाउनु परेको थियो । साँझ घटनास्थल पुगेको प्रहरी टोलीले रुखका केही हाँगा काटेर तत्कालका लागि जोखिम न्यून गरेपनि शनिबार बिहानसम्म पनि रुखमा लागेको आगो नियन्त्रणमा आएको छैन । आज बिहान रुख कटान गरि जोखिम हटाइने मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल र वडा नम्बर १० का वडाध्यक्ष कुमार तामाङले जानकारी दिनुभयो । 

रुखमा आगो (6).jpgरुखमा आगो (4).jpg

यसभेगमा करिब एक हजार वटा कटहरका रुखहरु यसैगरि सुकेका छन् । ती रुखहरुमा किरा लागेर सुकेका र त्यसभेगको आम्दानीको स्रोत बन्द भए पनि यहाँ सुकेका रुखहरु त्यतिकै अलपत्र छन् भने नयाँ बिरुवाहरु रोप्न सकिएको छैन । जोखिममा रहेका बुढा रुखहरु हटाउन स्थानीयले माग गरेका छन् । यस्तै समस्या फेरि पनि दोहोरिन सक्ने भएकाले सतर्कता अपनाउनु पर्ने सशस्त्र प्रहरी टोली प्रमुख सन्देश चौलागाईंले बताउनुभयो । 

रुखमा आगो (2).jpg

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

 

तस्बीर र भिडियाेः ज्ञानमणि नेपाल कालाेटाेपी