विद्युत प्राधिकरणको आर्थिक विवरण सार्वजनिक गर्न रुलिङको माग

362 Shares

काठमाडाैं। नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो आग्रह गर्नुभएको हो । प्राधिकरणका निवर्तमान र वर्तमान प्रवन्ध निर्देशकहरुले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको बताउनु भयो । 

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा रहेको दाबी गर्नुभएको थियो । प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोषसमेत गर्नुभएको थियो । 

तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दै प्राधिकरण घाटामा रहेको तथ्यांक सार्वजनिक गर्नुभयो । उहाँकाअनुसार प्राधिकरण अहिलेपनि ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ ।