तीन वटा संसदीय समितिको बैठक आज बस्दै

348 Shares

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जस अन्तर्गत बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। 

बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । त्यस्तै साढे ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछि भएको पुनर्निर्माणसम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा हुनेछ । 

त्यस्तै बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आ.व. २०८०/८१ माथि छलफल सम्बन्धमा हुनेछ।