राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

402 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपक्षीहरुमाथि भइरहेको राजनीतिक प्रतिशोध नराेकिए चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै सांसद झाले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पार्टी सभापति रवि लामिछाने र रेशम चौधरीप्रति गरिएको व्यवहार तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिन लागेको घटना नियोजित राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको टिप्पणी गर्नुभयो । 

पछिल्लो समयमा भइरहेका राजनीतिक प्रतिशोधका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र गम्भिर भएर हेरिरहेको सांसद झाको भनाइ छ । जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिइएको भन्दै आपत्तिसमेत जनाउनुभएको छ ।