सरकार सात बुँदे सम्झौता अनुसार कार्यान्वयन गर्न चुक्योः डा. शेखर कोइराला

418 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सरकार सात बुँदे सम्झौताअनुसार अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ।

संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकार सात बुँदे सम्झौताको  कार्यान्वयनमा चुकेको टिप्पणी भएको हो । संविधानको पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचारलाई नियन्त्रण मुलुकमा सुशासन कायम गर्ने कुरामा सरकार चुकेको उहाँको भनाइ छ । उहाँले संविधान पुनरावलोकन गर्न समय लाग्ने भएपनि सरकार गठनको ९ महिनासम्म प्रारम्भ नगरिएको बताउनु भयो । उहाँले संविधान पुनरावलोकन गर्न संसदमा रहेका सबै दल र सरोकारवालालाई समेत समावेश गरेर अघि बढ्न सक्नुपर्ने बताउनु भयो । 

सरकारको बारेमा काँग्रेसभित्र कुनै समस्या नरहेकोसमेत स्पष्ट पार्दै वर्तमान सरकारलाई असफल हुने छुट नभएपनि सँगै भएका दलहरुबीच पालिकास्तरसम्म संयन्त्र बनाउनु गलत रहेको उहाँको टिप्पणी छ ।