काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावना अनुसार नभई औपचारिकता पूरा गर्न मात्र ल्याइएको टिप्पणी गर्नुभएको छ ।
संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले जनभावना र राष्ट्रको आवश्यकताअनुरुपको नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनु भयो । अध्यक्ष दाहालले आफूले देशका विभिन्न भागमा जनतासँग संवाद गर्दा उठेका आवश्यकतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममाथि धारणा राखेको दाबी गर्नुभयो । उहाँले सरकारका नीति तथा कार्यक्रम सिर्जनात्मक, रचनात्मक र जनता र राष्ट्रका पक्षमा नभए गतवर्षको नीति तथा कार्यक्रमहरु समेत कपिपेस्ट गरेर झारो टार्ने काम गरेको आरोप लगाउनु भयो ।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले अहिले आफ्नो ध्यान सरकार बनाउनेतर्फ नभई जनतामा जाने रहेको बताउनु भयो । उहाँले छिट्टै मध्यपहाडी लोकमार्ग अभियानमा गइरहेको बताउनु भयो । सरकारले ल्याएको नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी भएको उहाँको टिप्पणी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया