काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताउनुभएको छ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची नदेखाएको उहाँको आरोप छ ।
अध्यक्ष नेपालले सरकारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले सरकार परिणाम बिहीन मात्र नभइ उद्देश्य बिहीन हुन पुगेको जिकिर गर्नुभयो । सरकारको विकल्प खोज्नुपर्ने भएपनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने बताउँदै अध्यक्ष नेपालले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया