काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरुले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाउनुभएको हो । विश्व समुदायमा भइरहेका कतिपय घटनाहरुमा नेपालसमेत जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समिति सभापतिको ध्यानाकर्षण गराउनु भयो ।
अध्यक्ष नेपालले कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानुपूर्व जानकारी र आइसकेपछि ब्रिफिङ गर्ने कुरालाई अनिवार्य बनाउनसमेत माग गर्नुभयो । उहाँले सौर्य जहाजको विषयमा सम्बन्धित मन्त्री र पीडित पक्षहरुबीच संसदीय समितिमा छलफल हुनुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया