काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताउनुभएको छ ।
बिहीबार १ सय ३६ औं श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आबद्ध मजदुर संगठन (टुकोन) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाउनु भयो । उहाँले उदास, हतास र निराशालाई चिर्नकै लागि पनि व्यवस्था परिवर्तन जरुरी भएको दाबी गर्नुभयो । अध्यक्ष थापाले सम्पूर्ण हिन्दुवादी एक हुनुपर्ने वर्तमानको माग भएकाले वर्षायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापाले हिन्दुराष्ट्र स्थापना र सुशासन कायम गर्न राष्ट्रवादीहरुको आन्दोलनमा उत्रिएको दाबीसमेत गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया