आज सुनको मूल्य बढ्यो, चाँदी स्थिर

372 Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। 

सुन आज तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि सोमबार सुन तोलाको १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।