सरकारलाई मात्रै दोष देखाएर प्रतिपक्षहरू पन्छिन मिल्दैनः सांसद शेर्पा

343 Shares

काठमाडाैं । राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले सत्तामा हुँदा ठीक र प्रतिपक्षमा पुगेपछि बेठीक देख्ने परिपाटी ठिक नभएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्षीमा हुँदा सबै कुरा बेठीक देख्ने र सत्ता हुँदा सबै ठीक हुने यो प्रणाली नै बेठीक रहेको बताउनु भयो । उहाँले विद्यालय शिक्षा विधेयक, निजामती सेवा विधेयक लगायतका विषयमा भइरहेका प्रगतिबारे थाहा हुँदाहुँदै पनि अज्ञात बन्नु उचित नभएको बताउनु भयो । सरकारलाई मात्रै दोष देखाएर प्रतिपक्षहरू पन्छिन नमिल्ने बताउँदै उहाँले आफू जिम्मेवारीबाट पछाडि हट्ने र अरूलाई दोष थुपार्ने परिपाटी सरकार र विपक्षीमा मात्रै नभएको बताउँदै त्यस्तो परिपाटी व्यक्तिहरूमा समेत रहेको बताउनु भयो । 

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई पटक पटक वार्तामा आउन आग्रह गरे पनि उनीहरूले बेवास्ता गरेको जिकिर गर्नुभयो ।