काठमाडाैं । राष्ट्रिय सभामा पर्यटन विधेयक–२०८१ पेश भएको छ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा पर्यटन विधेयक–२०८१ पेश भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गर्नुभएको हो ।
पर्यटकीय गतिविधि प्रवद्र्धन, पर्यटक उद्योगको व्यवस्था तथा नियमन गर्न पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्न पर्यटनसम्बन्धी कानूनलाई संशोधन गरी समय अनुकुल बनाउन पेश गरिएको बताउनु भयो । यस्तै, पर्यटन क्षेत्रको दिगो विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न कानुन संशोधन गरी समय अनुकुल बनाइने उहाँले बताउनु भयो ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी वैशाख १९ गते शुक्रवार बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया