काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको उहाँको भनाइ छ । उहाँले गणतन्त्रवादी दलहरु भ्रष्टाचारमा लिप्त हुँदा प्रतिगामीहरुले गणतन्त्र, लोकतन्त्र उल्ट्याउने र राजतन्त्र भएपछि मुलुक स्वर्ग हुन्छ भन्ने झुटको खेती गरिरहेको बताउनु भयो । उहाँले मुलुक र व्यवस्था जोगाउनको लागि आम नागरिक सचेत हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि लोकतान्त्रिक दलहरु एकजुट हुन आवश्यक रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया