आज पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमाेहन अधिकारीको २६ औँ स्मृति दिवस मनाइँदै

370 Shares

काठमाडाैं ।  नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको २६ औँ स्मृति दिवस आज मनाइँदैछ।

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो। अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।

स्व.अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको अहिले पनि चर्चा हुने गरेको छ। अधिकारी नेतृत्वको सरकारले लोकप्रिय वृद्धभत्ता वितरण गर्न शुरु गरेको थियो । मासिक १०० बाट शुरु भएको वृद्धभत्ता अहिले चार हजार रूपैयाँ पुगेको छ। यस्तै  ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम पनि ल्याएको थियो। 

नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका  व्यक्तित्व मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो ।  अंग्रेजविरूद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए ।