सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता शुरु, हाेला त सहमति ?

367 Shares

काठमाडाैं ।  सरकार र आन्दोलनरत शिक्षकहरुको वार्ता शुरु भएको छ। 

शनिबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता शुरु भएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रबार साँझ नै शिक्षकका केही प्रतिनिधिहरु सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए । 

आज भने बिहानैदेखि मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरु पुगेका छन् । शिक्षामन्त्री पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता शुरु भएको छ । गत चैत्र २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनीसमेत दिएका छन् ।