एमाले संसदीय दलको बैठक आज बस्दै

311 Shares

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । 

प्रमुख सचेतक महेश बर्तौलाले दिएकाे जानकारी अनुसार बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ । शुक्रबारबाट बजेट अधिवेशन सुरु भएको छ ।

अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएकाे छ ।