काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चार माध्यममा आएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अगाडि नै कुलमानलाई पदबाट हटाएको समाचार अनलाइन माध्यममा प्रकाशित भइसकेको बताउनु भयो ।
उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गरेको बताउँदै उहाँले अनलाइनको समाचारदाता मन्त्री हो ? प्रवक्ताले नभन्दै कसले भन्यो ? र यसलाई कारबाहीको विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जिकिर गर्नुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकमा मोबाइल बाहिर राखेर आउन मन्त्रीहरूलाई आग्रह गरेकोसमेत बताउनु भयो ।
मन्त्रिपरिषद्को बैठकपछि कुलमान घिसिङलाई हटाएकोसम्बन्धी सञ्चारमाध्यममा गरेको गरेको कुराकानी भाइरल बनेको बताउँदै आफूले प्रश्न मात्रैको व्यङ्ग्य गरेको बताउनु भयो । मन्त्री गुरुङले सञ्चार माध्यममा सूचना पुर्याउने मन्त्रीलाई आफूले चिनेको समेत धारणा राख्नुभयो ।
मन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनै बेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्रै मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । उहाँले आफू निजी विचार राख्न प्रवक्ता नभएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया