345
Shares
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा शुक्रबार गिरावट आएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सामान्य बढेकाे सुनमा आज एक हजारकाे गिरावट आएकाे हाे ।
महासंघका अनुसार साेमबार तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियाे । बुधबार १ लाख ९० हजार ४०० मा काराेबार भएकाेमा बिहीबार २०० ले बढेर १ लाख ९० हजार ६०० कायम भएकाे थियाे । आज भने १ लाख ८९ हजार ६०० मा काराेबार भइरहेकाे छ ।
यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी बिहीबार २ हजार १० रुपैयाँमा काराेबार भएकाेमा आज १० रुपैयाँले घटेर २००० मा काराेबार भइरहेकाे हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया