प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँः गृहमन्त्री

320 Shares

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताउनुभएको छ । 

२०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले आफ्नो नियतका कारणले प्रकृतिको नियम बिगार्यौँ भने आफैँ जोखिममा पर्ने बताउनु भयो । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्युनिकरण गर्न जरुरी रहेको बताउनु भयो । 

उहाँले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छाैं भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गर्नुभयो । सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरु मात्रै नभइ समग्र नागरिक रहेको बताउँदै उहाँले नागरिकहरु कुनै न कुनै हिसाबले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपदबाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण प्रकृतिको नियम बिगार्न नहुने बताउनु भयो ।