सुन चाँदीको मूल्यमा सामान्य बृद्धि, कतिमा हुँदैछ काराेबार ?

218 Shares

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बिहीबार सामान्य बृद्धि भएकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ह्वात्तै घटेकाे सुन बिहीबार सामान्य घटेकाे हाे । 

महासंघका अनुसार साेमबार तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियाे । बुधबार १ लाख ९० हजार ४०० मा काराेबार भएकाेमा बिहीबार २०० ले बढेर १ लाख ९० हजार ६०० कायम भएकाे छ ।

यसैबीच चाँदीको मूल्य पनि सामान्य बढेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदी बिहीबार २ हजार १० रुपैयाँमा काराेबार भइरहेकाे छ ।