राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज

351 Shares

काठमाडौँ । आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । 

दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा साङ्गठनिक गतिविधिका बारेमा छलफलका लागि बैठक बाेलाइएकाे हाे । 

तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरूको रिहाइको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ।