372
Shares
काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज पनि शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक ४.९३ अङ्कले घटेर २ हजार ६९३.३५ बिन्दुमा झरेको छ । ८६ कम्पनीको मूल्य बढेको छ भने १६० वटाको घटेको छ ।
यससँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँको कारोबार भएकोमा आज घटेर ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँमा सीमित भएको छ ।
आज कुल ३१९ धितोपत्रको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटकमा खरिद बिक्री भएको छ । मङ्गलबार कारोबारमा आएकामध्ये ३ समूहको मात्रै परिसूचक सामान्य बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया