25
Shares
काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले काठमाडौँ(तराईरमधेस द्रूत मार्ग (फास्ट ट्रयाक), राष्ट्रपति चुरे(तराई मधेस संरक्षण कार्यक्रमलगायत राष्ट्रिय गौरवका आयोजनाको प्रगतिका सम्बन्धमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।
समितिको आजको बैठकमा फास्ट ट्रयाक, चुरे संरक्षण र सिन्धुलीगढीको संरक्षणका सम्बन्धमा उपसमितिले गरेको स्थलगत अनुगमनको समीक्षा भएको थियो । बैठकले ती परियोजनाको प्रगतिबारे सरोकार भएका निकायका प्रतिनिधिसँग थप छलफल गर्ने निष्कर्ष निकालेको समितिका सचिव सञ्जय दाहालले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया